हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको निधन

काठमाडौं । गोली प्रहारबाट गम्भीर घाइते नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ। पाँच दिनअघि उनीमाथि गोली प्रहार भएको थियो।काठमाडौंमा उपचार गरिएका पाण्डेको गए राति निधन भएको हो ।

Advertisement

अवस्था थप जटिल बनेपछि उनलाई सोमबार थप उपचार गर्न हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। पाण्डे र उनीसँगै रहेका एक जना भारतीय नागरिक मोहमद इर्साद खानलाई गत बुधबार राति तौलिहवा-जीतपुरसडकखण्डमा मोटरसाइकलमा आएका व्यक्तिहरूले गोली प्रहार गरेका थिए।उनको पेट र शरीरका विभिन्न भागमा गोली लागेको थियो।

Advertisement

उनलाई सोमबारसम्म भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरबाट महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएकोमा उनको गए राति निधन भएको हो।पाण्डेमाथि गोली चलाएको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ३९ वर्षीय ओमप्रकाश यादव र वडा नम्बर २ का ३३ वर्षीय साकिर अलीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)