भद्रपुर । सगरमाथा सामुदायिक सिकाई केन्द्र भद्रपुरले कोभिड -१९ को प्रतिकार्यका लागी नेपाल रेडक्रस झापा द्दारा संचालित एम्बुलेन्सहरुमा अक्सिजन तथा स्वास्थ्य सामाग्री व्यवस्थापन गर्न ३२ हजार बराबरको सहयोग हस्तान्तरण गरेको छ ।

उक्त सस्थाका अध्यक्ष तोया गडतौलाले नेपाल रेडक्रस सोसाइटी झापा शाखामा उक्त मूल्य बराबरको सामाग्री हस्तान्तरण गर्नु भएको रेडक्रस झापाका कार्यालय प्रमुख केदार महतले बताउनु भएको छ । नेपाल रेडक्रस सोसाइटी एम्बुलेन्स संचालन समितिलाई उक्त सहयोग हस्तान्तरण गरिएको हो ।


झापामा समिति मार्फत ९ वटा एम्बुलेन्स कोभिड – १९ का संक्रमीत बिरामीहरुको लागि निशुल्क संचालन गरिएको सञ्चारकर्मी तथा भद्रपुर रेडक्रस सभापति गोपाल गिरिले बताउनु भएको छ ।