हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

अध्यक्ष चुडालले अति विपन्न परिवारलाई राहत सामाग्री वितरण शुरुगरे

जलथल । हल्दिवारी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष होम प्रसाद चुडाले अति विपन्न ,विपन्न परिवारलाई लक्ष्यित गरि आजदेखी राहत सामाग्री वितरण गर्न शुरुगरेका छ्न ।

Advertisement

आफुले पाउने सेवा शुल्क बाट भोकभोकै रहेका नागरिकलाई ३० किलो रन्जित मुसुली चामन ,१/१ किलो दाल , नुन ,१ लिटर खानेतेल २ वटा लुगा धुने साबुन ,१ वटा नुहाउने सामुन सहित को प्याकेज हल्दिवारी गाउँपालिका भित्रका १०० परिवारलाई व्यक्तिगत रुपमा वितरण गर्न शुरु गरेको बताएका छ्न ।

Advertisement

आज बिहान वडा नम्बर ४ लाबुङ्ग बस्तीका ५ परिवार , वडावारी बजार १ परिवार र ४ नम्बर कै घाडगधी पश्चिम् ४ परिवारलाई उनले राहत सामाग्री वितरण गरेका हुन ।

हल्दिवारी ४ को वडा अध्यक्ष जितेको केही समयपछि आफुले पाउने तलब भत्तालाई जनताको हितमा खर्च गर्ने बताएका चुडालले गाउँपालिकाले दिएको मोटरसाइकल समेत फिर्ता गरेका थिए । चुडाल अध्यक्ष भए यता सेवा सुबिधा बाहेकै ३० लाख बराबरको आर्थिक सहयोग गरि सकेका छ्न ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)