कान्छी तिम्रो धेरै माया लाग्छ
तिमीलाई नै हेरिरहुँ लाग्छ।
तिमीसंगै बोलिरहुँ लाग्छ
तिमीसंगै हाँसिरहुँ लाग्छ।
सारा जीवन तिमीसंगै बिताउन पाए
उकाली ओराली संगै रित्याउन पाए
महल चाहिन्दैन कान्छी मलाई
झोपडी नै मलाई स्वर्ग हुन्छ।
तिमी लाहुरेसंग बिहे गर्छु भन्छेऊ
म त लाहुरे बन्न सक्तिन
लाहुरे हुन त बहादुर हुनुपर्छ
म त धेरै कातर छु ।
मानवता गिर्छ कि भनी डर लाग्छ
कसैको चित्त दुख्ला कि भनी डर लाग्छ
मार्नु मर्नुको कुरै छाडौं
शव्द सुन्दा नै डर लाग्छ।
बुद्धको उपदेश पढे मैले
अलिकति बुझे पनि
हिंसा गर्न सक्तिन म
जति अन्यामा परे नि।
हुकुमको जवाफ हुदैन कान्छी
नुनको सोझो गर्नु पर्छ
शत्रु या दुश्मन जे भने पनि
मान्छे मान्छे मार्नु पर्छ।
मैले मारिन भने
शत्रुले मलाई नै मार्छ
म मरेर त के हुन्छ र
तर देशले हार्छ।
सबै कुरा सहन सक्छु
देश हारेको सहन सक्तिन
तिम्रो इच्छा पुरा होस्
म तिम्रो रोजाईमा परिन।
इन्द्रबहादुर मुखिया , बिर्तामोड – १० , झापा
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार