हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पत्रकार अधिकारी बाबुछोरीेद्वारा जन्मोत्सवमा पत्रकार उपचार कोषलाई सहयोग

बिर्तामोड, भदौ ३०। नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य होमप्रकाश अधिकारी र छोरी अर्चनाले आफ्नो जन्मोत्सवको अवसर पारी बुधबार पत्रकार सहारा उपचार कोषलाई १५ हजार रुपैयाँ प्रदान गरेका छन् ।
अधिकारी बुवाछोरीले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त रकमको चेक प्रदान गरेका हुन् l

Advertisement

पूर्वाञ्चल दैनिकका कार्यकारी व्यवस्थापक समेत रहेका झापा अर्जुनधारा निवासी अधिकारी दुई दशक भन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील छन् । छोरी अर्चना बिर्तामोड आँखा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । जन्मोत्सवको शुभ अवसरमा झापाली पत्रकारहरुको हितमा योगदान गर्न रकम प्रदान गरेको अधिकारी बुवाछोरीले बताएका छन् ।

Advertisement

रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ प्रदेश समितिका सदस्य सुरेन्द्र भण्डारी, महासंघ झापाका कोषाध्यक्ष रञ्जित प्रसाई, सदस्यहरु रञ्जित परियार, बिनोद पाण्डे, वीरता जेसीजका अध्यक्ष राजिव धिमाल, महासचिव एलसी श्रेष्ठ, पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल लगायतको सहभागिता थियो ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।

पत्रकार महासंघ झापाका अध्यक्ष गिरीका अनुसार कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ । आफूले झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने पत्रकार अधिकारीले बताएका छन् ।

महासंघ झापा शाखाले संघ–संस्था, सहकारी, बैंक, दाता सबै क्षेत्रलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)