हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

तीन महिनामा भारतबाट भित्रियो १ अर्ब ५८ करोडको प्याज

चालू आर्थिक वर्ष २०७८र७९ को तीन महिनामा एक अर्ब ५८ करोड रुपैयाँको प्याज आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्ममा उक्त मूल्यको प्याज आयात भएको हो ।

Advertisement

यस अवधिमा ४ करोड ३० लाख १५ हजार किलो प्याज आयात भएको छ । यसबापत सरकारले १४ करोड ३० हजार किलो राजश्व संकलन गरेको छ । आयातितमध्ये सबै प्याज भारतबाट मात्रै आयात भएको विभागले जानकारी दिएको छ ।

Advertisement

यसैबीच, नेपालबाट चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा कतारतर्फ ८२ हजार रुपैयाँको प्याज निर्यात भएको छ । कतारमा नेपालबाट ५५० किलो प्याज निर्यात भएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)