समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

मोटरसाइकल चोरेको आरोपमा ३ जना युवा पक्राउ

मोटरसाइकल चोरेको आरोपमा प्रहरीले पर्साको वीरगञ्जबाट ३ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका घर भएका २२ वर्षीय कैलाश महतो, बारा घर भएका २२ वर्षीय बिनयराज शर्मा र बाराकै २० वर्षीय रविन कुमार शाह छन् ।arrest

उनीहरुले कार्तिक १२ मा वीरगञ्ज महानगरपालिका–१६ स्थित बाबा होटलबाट भारतीय नम्बर प्लेटको बुलेट मोटरसाइकल चोरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले बताए । प्रहरीले आरोपीहरुको नम्बर प्लेट फेरेको बुलेट मोटरसाइकल बरामद गरेको छ । आरोपीहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)