मंसिर २८, २०७८ । शिक्षक सेवा आयोगले माध्यमिक तहको १ हजार ५ सय ४७ शिक्षक छनोटका लागि खुला तर्फको विज्ञापन गरेको छ ।
आयोगले आज गरेको विज्ञापन अनुसार इच्छुक उम्मेद्वारले आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने आयोगले जानकारी दियो ।

आयोगका अनुसार सो विज्ञानपनको परीक्षा आगामी चैत्र १५ गते परीक्षा सञ्चालन हुने भएको छ । परीक्षा आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था गरिएको छ ।
यो सूचना आयोगले प्रँविधिक कारण वेबसाइटमा भने भोलि मात्र राख्ने भएको छ । साथै आयोगले भोलिको गोरखापत्रमा यो सूचना सार्वजनिक गर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















