नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ । सहमहामन्त्रीका उम्मेदवारको मत गणना सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

उनका अनुसार पार्टी कार्यालय सानेपामा सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये अहिले दलित, महिला र आदिवासी जनजातिको मतगणना भइरहेको हो ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्रीको नतिजा आइसकेको छ । महामन्त्री भने ८ जना निर्वाचित हुनेछन् ।
