हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कांग्रेस खुल्ला केन्द्रीय सदस्यको परिणाम सार्वजनिक

 

Advertisement

काठमाडौं । नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको परिणाम सार्वजनिक गरिएको छ। मतपरिणाम अनुसार डा.शशांक कोइराला सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा विजयी भएका छन।

Advertisement

त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा रहदै निर्वाचित भएका छन।

त्यस्तै गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, डा.रामशरण महत, दिलेन्द्रप्रसाद बडु, मोहनबहादुर बस्नेत , बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल र डा.गोविन्दराज पोखरेल शीर्ष २५ भित्र अटाएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन।

त्यस्तै राजीव ढुंगाना, सञ्जयकुमार गौतम, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा.गोपाल दहित र मोहन आचार्य शीर्ष ३५ भित्र समेटिएर निर्वाचित हुन सफल भएका छन।

केन्द्रीय निर्वाचन समितिका सदस्य एवम् अधिवक्ता एगराज पोखरेलले लेखाजोखालाई दिएको जानकारी अनुसार खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व जमाएको छ ।

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)