मुम्बई ,महाराष्ट्र ४ फाग्ुन – दिग्गज गायक–संगीतकार बप्पी लाहिरी मंगलबार राति निधन भएको छ । प्रयाख्त अभिनेत्री र राजनीतिज्ञ हेमा मालिनीले उहाँको निधनमा ट्विटरमर्फत शोक व्यक्त गर्नु भएको छ मंगलबार राति ११ः४५ मा निधन भएका चर्चित गायक तथा संगीतकार बप्पी लाहिरीप्रति राजनीतिक क्षेत्रका नेताहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

बप्पी लाहिरीलाई बप्पी दा भनेर चिनिन्थ्यो । उहाँ डिस्को संगीतको लागि प्रख्यात हुनुहुन्थ्यो । बप्पी लाहिरीको ६९ वर्षको उमेरमा हिजो राति मुम्बईको एक अस्पतालमा निधन भएको थियो ।पश्चिम बंगालका गभर्नर जगदीप धनखरले बप्पी दाको मनमोहक सांगीतिक रचनाहरू सबैले मन पराएका बताउनु भएको छ । “दुःखको खबर – प्रसिद्ध संगीतकार बप्पी लाहिरीजी अब रहनु भएन ।

पश्चिम बंगालको जलपाईगुडीमा जन्मनुभएका बप्पी दाको सङ्गीतले सम्पूर्ण फ्यानहरूलाई छक्क पारेको थियो । उहाँलाई सबै उमेरका मानिसहरूले मन पराउने मंत्रमुग्ध सांगीतिक रचनाहरूको लागि सम्झिरहनेछ । परिवारजनमा समवेदना र ओम शान्ति ओम,“ उहाँले ट्वीट गर्नु भएको छ ।

विभिन्न स्वास्थ्य समस्याका कारण एक महिनादेखि अस्पतालमा भर्ना हुनु भएका बप्पी दाको ‘स्लीप एपनिया’ का कारण उनको निधन भएको बताइएको छ ।‘डिस्को किङ’ बप्पी दाको बिहीबार अन्त्येष्टि गरिने जनाइएको छ । एएनआई

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार