काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टि–२० विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ ।सन्दीप लामिछानेको कप्तानीमा रहेको टोली १४ खेलाडी छन् ।
ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । त्यसमा समूह १ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान छन् भने समूह २ मा युएई, बहराइन, आयरल्याण्ड र जर्मनी रहेका छन् ।नेपालका खेल फ्रेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछन् ।
युवा बलर सन्दीप प्रतियोगिताका लागि पहिलोपटक राष्ट्रिय टोलीको कप्तानी गर्दैछन् । यसअघि उनले आयरल्याण्ड, युइई र ओमानसँगको सिरिजमा कप्तानी गरेका थिए ।
ज्ञानेन्द्र मल्ललाई बर्खास्त गर्दै क्यानले सन्दीपलाई कप्तानी दिएको हो ।
यस्तो छ नेपाली टोली :

















