हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

आगामी निर्वाचनमा हल्दिवारीमा एमाले २७ पदमै विजयी हुन्छ : अध्यक्ष त्रिलोचन सापकोटा

गोलधाप ,झापा । अध्यक्ष – उपाध्यक्ष सहित २७ जनै जनप्रतिनिधिहरु हल्दिवारी गाउँपालिकामा आगामी निर्वाचनमा बिजयहुने नेकपा एमाले हल्दिवारी अध्यक्ष तथा वडा नम्बर १ का वडा अध्यक्ष त्रिलोचन सापकोटाले बताएका छ्न । नेकपा एमालेको टोलटोल देखीको संगठन र एमालेबाट बिजयी उपाध्यक्ष ,वडा अध्यक्षहरु सहितले गरेको कामको आधार नै आगामी निर्वाचनमा जनताले भोट दिएर बिजयी गराउने आधार भएको उनले भने ,।

Advertisement

आगामी बैशाख ३० गते हुन गएको निर्वाचनमा एमाले एक ढिक्का भएर निर्वाचनमा होमिने र सबै २७ पदमै बिजय हुने उनको दावी रहेको छ । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्ष सहित वडा नम्बर १ र ३ मा अध्यक्ष सहितको पुरै प्यानल र ४ मा वडा अध्यक्ष बाहेक बहुमत सदस्य बिजय भएका थिए ।

Advertisement

हल्दिवारीमा नेकपा एमालेका जनप्रतिनिधिहरुले गरेको बिकास निर्माणका काम र अपुरा कामलाई स्थानीय तहमा पूरा गर्न पनि एमाले बिजय हुने अध्यक्ष सापकोटाको दावी रहेको छ ।

एमाले हल्दिवारी गाउँ कमिटी अध्यक्ष तथा वडा नम्बर १ का अध्यक्ष समेत रहेका सापकोटाले एकढिक्का भएर चुनावमा जाने एमालेसँग अरु कुनै पनि पार्टीले प्रतिष्पर्धा गर्न नसक्ने धारणा समेत राख्नु भयो । पार्टीबाट निर्वाचित भएर हल्दिवारीका एमालेबाट बिजयी जनप्रतिनिधिको हैसियतले गरेका राम्रा कामहरुको व्यापक प्रचार प्रसार हनुुपर्ने समेत उहाँको जिकिर थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)