हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीमा १३ बर्षिय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

हल्दिवारी l  हल्दिवारी गाउँपालिका १ मा रहेको चिल्ड्रेन गार्डेन एकेडेमी कार्यरत एक शिक्षक १३ वर्षीया छात्रालाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका– १० निवासी अन्दाजी ५० वर्षीय श्रीप्रसाद सिवाकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सिवाकोटीले विद्यालय परिसर भित्रै यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेपछि उनलाई घरबाटै पक्राउ गरि जिल्ला प्रहरी कार्यलयमा राखिएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए ।

Advertisement

पीडित बालिकाको परिवारजनबाट किटानी जाहेरी परेपछि मात्र घटनाको विषयमा थप जानकारी गराउने प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)