समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

तनहुँको व्यासमा मेयरका उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण,टाउकोमा गहिरो चोट

तनहुँको व्यास नगरपालिका वडा नम्बर ८ रिस्तीमा मेयरका उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण गरिएको छ । मतदानस्थलमा आफ्नो प्रतिनिधि खोज्ने क्रममा उत्पन्न विवाद झडपमा परिणत भएको थियो । मतदानस्थलमै मतपत्र च्यातेपछि जोशी समूह र नेपाली कांग्रेस समूहबीच झडप भएको हो ।

Advertisement

नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीको छोरा दीपकराज जोशीले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई नेकपा एमालेको समर्थन छ । उम्मेदवार दीपकले एजेन्टको विषयमा बुझ्दा आफूमाथि आक्रमण भएको उनले बताएका छन्।

Advertisement

‘हामी हाम्रो एजेन्ट किन छैन् भन्दै मतदान अधिकृतसँग सोध्दा ममाथि हमला गरियो। यहाँ गुन्डाहरू ल्याएर राखिएको रहेछ, मेरो टाउको फुटेको छ। २ मिनेट मात्र भित्र नआएको भए म मरिसकेको हुन्थें,’ उनले सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै बताएका छन् । घटना भएको स्थान कांग्रेसका नेता नेता रामचन्द्र पौडेलको गाउँ हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article