काठमाडौं , आइतबार राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोनाले सानदार जित हासिल गरेको छ । निकै रोमान्चक र प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा बार्सिलोनाले ग्रानडालाई १:० गोलले हराउन सफल भयो ।
उक्त गोल कप्तान लियोनल मेस्सीले गरेका हुन् । उनको गोल नै निर्णायक बन्यो । उनले खेलको ७६औं मिनेटमा गरेका हुन् । ६९ औं मिनेटमा ग्रानडा १० खेलाडीमा सीमित बन्न पुगेको थियो । खेलमा जर्मन सान्चेज बराहोनाले रातो कार्ड पाएका थिए । बार्सिलोनाले जित हासिल गरेसँगै ४३ अंक बनाउँदै शीर्ष स्थानमा फर्किएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1