समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

फोटो पत्रकार खरेल सम्मानित

झापा, २८ जेठ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट संघ (नाटा) १ नम्बर प्रदेशले चरा अनुसन्धान तथा संरक्षणको क्षेत्रमा अतुलनीय योगदान पुर्याएवापत लोकतन्त्र पोस्टका फोटो पत्रकार देबेन खरेललाई शनिवार सम्मान गरेको छ ।

Advertisement

संघले आफ्नो १० औ बार्षिक साधारणसभाको अवसर पारेर विर्तामोडमा आयोजित कार्यक्रममा उनलाई नगद रु पाँच हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।

Advertisement

विगत छ बर्षदेखि नेपालमा रहेका चरा तथा बन्यजन्तुको खोज तथा फोटोग्राफी गरिरहेका खरेलले लोपोन्मूख हङ्रायो, हरित परेवा लगायतका दुर्लभ चरा पूर्वी नेपालमा अस्तित्वमा रहेको सप्रमाण प्रस्तुत गरेर देश विदेशबाट प्रशंसा पाएका छन् ।उनको खोजबाट नेपालको पर्यटन प्रवद्र्धन र प्राकृतिक वातावरण संरक्षणका क्षेत्रमा योगदान पुगेको संघले जनाएको छ ।

खरेलले हालसम्म मेचीनगर नगरपालिकाभित्र मात्र भेटिएका ३०० भन्दा बढी प्रजातिका चराको तस्वीर आफैले खिच्न सफलता पाएका छन् । नेपाल चरा पर्यटनको हब बन्ने उनको धारणा छ ।कोशी टप्पु, चितवन राष्ट्रिय निकुञ्ज, जगदीशपुर ताल आदिको अध्ययन गरिसक्नुभएका खरेलले वन्यजन्तु आरक्षक्षेत्र र रामसार क्षेत्रबाहेक खुल्ला क्षेत्रमा तुलनात्मक रुपमा मेचीनगरमा धेरै प्रजातिका चराहरु पाइएको दाबी गर्छन् ।

संघका प्रदेश- १ का अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षतामा भएको सम्मानमा संघका केन्द्रीय अध्यक्ष रमेश थापाले चरा खोजकर्ता खरेल मुलुककै प्रतिभा भएको बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article