झापा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ फुटाएर नगद रकम चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट रु. ९२ लाख ६८ हजार ५०५ नगद समेत बरामद गरिएको छ।

प्रहरीका अनुसार भदौ १० गते धादिङको गल्छी गाउँपालिका वडा नं. ४ बेलखुखोलास्थित त्रिशूली नदी किनारमा सेफ फेला परेको थियो। स्थानिय मानिसहरूले उक्त सेफ फोडेर भित्र रहेको रकम आफूखुसी निकाली चोरी गरेको खबर प्राप्त भएपछि भदौ १२ गते प्रहरी टोली परिचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार छानबिन र खानतलासीका क्रममा घटनामा संलग्न २९ जनालाई पक्राउ गरी रकम जफत गरिएको हो।
नियन्त्रणमा लिइएका व्यक्तिहरूको नामावली:
धादिङ, गल्छी गाउँपालिका वडा नं. ४ (मास्टार र आसपास) का बासिन्दाहरू:
१. पवन पौडेल (२७ वर्ष, मासटार)
२. बिर ब. राना मगर (४१ वर्ष)
३. बिनोद गिरी (३५ वर्ष)
४. नवराज भेटुवाल (३३ वर्ष)
५. पुर्ण लाल श्रेष्ठ (४० वर्ष)
६. विष्णुमणि अधिकारी (३१ वर्ष)
७. कृष्ण मगर (३६ वर्ष)
८. शिव ब. राना मगर (४९ वर्ष)
९. युवराज अधिकारी (४६ वर्ष)
१०. सुचिम ब. राना मगर (४६ वर्ष, मासटार)
११. सबिन श्रेष्ठ (२४ वर्ष)
१२. प्रेम ब. राना मगर (४३ वर्ष)
१३. अनिल भेटुवाल (१९ वर्ष)
१४. राम शरण सुवेदी (४९ वर्ष)
१५. मिन ब. राना मगर (३८ वर्ष)
१६. देवन्द्र राना मगर (३२ वर्ष)
१७. दिपक तामाङ (३१ वर्ष)
१८. राज कुमार भेटुवाल (३६ वर्ष)
१९. दिनेश अधिकारी (२९ वर्ष)
२०. दिनेश पुलामी (३० वर्ष)
२१. टेक ब. राना मगर (३० वर्ष)
२२. सन्तोष श्रेष्ठ (३२ वर्ष)
अन्य स्थानका बासिन्दाहरू:
२३. सुशान्त श्रेष्ठ (४७ वर्ष, गल्छी गा.पा.-६ आदमघाट)
२४. सानुभाई श्रेष्ठ (३६ वर्ष, गल्छी गा.पा.-८ सिमपानी)
२५. सानु खतिवडा (४९ वर्ष, सिद्धलेक गा.पा.-७ आदमटार)
२६. बिचारी आले मगर (२९ वर्ष, स्थायी घर: चितवन राप्ती न.पा.-६, हाल: धादिङ गजुरी गा.पा.-८ आदमघाट)
२७. नारायण श्रेष्ठ (३२ वर्ष, गजुरी गा.पा.-८ आदमघाट)
२८. अग्नि आले मगर (२० वर्ष, गजुरी गा.पा.-८ आदमघाट)
२९. सकुर अन्सारी (२८ वर्ष, स्थायी घर: पर्सा बहुदरीमाई न.पा.-९, हाल: धादिङ गजुरी गा.पा.-६ आदमघाट)
प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार बरामद गरिएको रकमको आधिकारिक स्रोतबारे अनुसन्धान भइरहेको छ। साथै, घटनामा अन्य व्यक्तिहरूको संलग्नता हुनसक्ने आशङ्कामा थप छानबिन अगाडि बढाइएको प्रहरीले जनाएको छ।
