हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ हप्ता अगाडि

रसुवा बाढी: मृत्यु हुनेको सङ्ख्या ६१६ पुग्यो, २,३०० भन्दा बढीको उद्धार

झापा । रसुवाको भोटेकोशी क्षेत्रलगायत मुलुकका विभिन्न भागमा आएको भीषण बाढी र पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ६१६ पुगेको पुष्टि नेपाल प्रहरीले गरेको छ।

Advertisement

​प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढीपहिरोमा परी सबैभन्दा बढी प्रभावित चितवन जिल्लामा २३३ जनाको शव फेला परेको छ। यसै गरी नवलपरासी पूर्वमा १५८, गोरखामा ४८, नवलपरासी पश्चिममा ४७, धादिङमा ४५, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको मृत्यु भएको जनाइएको छ।

Advertisement

​विपद्का कारण जोखिममा परेका २,३०१ जना मानिसहरूलाई सुरक्षा निकायले उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ। उद्धार गरिएकाहरू मध्ये सबैभन्दा बढी नुवाकोटका १,६२२ जना, रसुवाका ६७६ जना र धादिङका तीन जना रहेका छन्।

​बाढीपहिरोमा परी घाइते भएका १४० जनाको काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ भने केही उपचारपछि घर फर्किएका छन्। प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन देशभर ४,८०० भन्दा बढी प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)