समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

रङ लगाउदै गरेका कृष्णको २ तला माथिबाट खसेर घटनास्थलमै मृत्यु

पोखरामा रङ लगाउदै गरेका मजदुरको २ तला माथि बाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा ४० बर्षीय कृष्ण बहादुर राना मगर रहेका छन । सिन्धुली घर भएका उनी पोखरा १७ घारीपामटनमा बस्दै आएका थिए ।

निर्माणधीन घरमा रङ लगाएर टाउको उठाउने क्रममा उनलाई विधुतको हाइटेन्सन लाइनले छोएपछि करेन्ट लागेर २ ताला माथिबाट खसेका थिए । मगरले पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङ खुँडेपोखरी नजिकै रहेको निर्माणाधीन घरमा रङ लगाउने क्रममा करेन्ट लागेको थियो । । यस विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)