समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

उद्घाटन गर्ने अघिल्लो दिनै भाँचिएको त्रियुगा नदीको पुलको अवलोकनपछि परराष्ट्र मन्त्रीले दिए यस्तो निर्देशन

परराष्ट्र मन्त्री नारायण खड्काले एक वर्षअघि आएको बाढीले बगाएको उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्की पुलको अवलोकन गरेका छन् । भत्केको पुलको अवलोकन गरेपछि परराष्ट्रमन्त्री खड्काले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउने बचन दिएका छन् ।

करिब १२ वर्ष लगाएर निर्माण भएको पुल उद्घाटन गर्ने अघिल्लो दिन आएको बाढीले बगाएपछि त्यस क्षेत्रका जनता नदी वारपार गर्ने समस्या भोग्दै आएका छन् । मन्त्री खड्कासँगै अवलोकनमा आएका महाशाखाका उपनिर्देशक उमेशबिन्दु श्रेष्ठले पुल भाँसिको कारणबारे अध्ययन भइरहेकाले ढिलाइ भएको बताएका छन् । उपनिर्देशक श्रेष्ठले विस्तृत अध्ययन रिर्पोट आउने र त्यसपछि निर्माण प्रक्रियाअघि बढ्ने जानकारी दिएका छन् ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)