नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी कार्यालय सानेपा प्रवेश गर्दा नारावाजी भएको छ । नेता शेखर कोइराला पक्षधरका विद्यार्थी र युवाले पार्टी कार्यालय अगाडी प्रर्दशन गरेका हुन् । पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएपनि कांग्रेस कार्यकर्ताको विरोध प्रदर्शन र नाराबाजी जारी राखेका छन् ।

कांग्रेस कार्यकर्ताले देउवा चढेको गाडीमा समेत अवरोध पुर्याएका छन् । प्रर्दशनकारीले प्रधानमन्त्री, मन्त्री र पदाधिकारीको गाडीमा अवरोध पुर्याउन खोज्दा प्रहरीले बल प्रयोग समेत गरेको छ ।
