समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापा को बुद्धशान्तिमा सवारी दुर्घटनामा परी अटाे चालककाे मृत्यु ।

झापा को बुद्धशान्तिमा सवारी दुर्घटना हुंदा एककाे मृत्युु भएकाे छ । मृत्युु हुनेमा बुद्धशान्ति ७ का अटाे चालक ४१ वर्षीय भानु खड्का रहेक छन् ।
हिजो दिउँसो किरव २ बजे मेची राजमार्गअन्तरगत बुद्धशान्ति– ४ मा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ च २०६३ नम्बरको पिकअप गाडीले सोही दिशातर्फ जाँदै गरेको मे १ ह ४६४४ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिएको थियो ।

Advertisement

Advertisement

दुर्घटनामा परी अटोमा सवार चालक खड्का, सोही गाउँपालिका– ७ निवासी १८ वर्षीया बिना सेन्चुरी र वडा नम्बर ४ निवासी ३२ वर्षीया इन्दिरा राई घाइते भएका थिए ।
घाइते तीनै जनालाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा चालक खड्काको मृत्यु भएको बताएको हाे ।
प्रहरीले पिकअप गाडी र चालक इलाम सूर्योदय नगरपालिका १० निवासी ५१ वर्षीय दिलिपकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।
तस्बिर : बुद्धशान्ति साप्ताहिक

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article