हल्दिबारी असार २९ । चारआलीबाट इलामतर्फ जाँदै गरेको मे १ ज ३१८९ नम्बरको बुलेरो र बुधबारेबाट चारआली तर्फ जाँदै गरेको प्र १–०१–०१५ प ३४०३ नम्बारको मोटरसाइकल एक आपसमा जुद्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक र उनको पछाडी बस्ने यात्रु गम्भिर घाइते भएका छन् । उनीहरुलाई उपचारको क्रममा बि एण्ड सी हस्पिटल बिर्तामोड लगिएको छ । उनीहरुको परिचय भने अझै खुलेको छैन ।

पछिल्लो समय बुद्धशान्तिमा दुर्घटना बढिरहेको छ । केहिदिन अघिमात्रै बुद्धशान्ती ४ स्थित वर्नेमा सवारी दुर्घना हुँदा १ को ज्यान गएको थियो ।
