समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

रसुवा बाढी: पाँच दिनपछि धुञ्चेमा रेडक्रसले पुर्‍यायो जेनेरेटर, टेलिफोन सम्पर्क जोडिएपछि पीडितलाई राहत

झापा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सञ्चार सम्पर्कबाट विच्छेद बनेको रसुवाको सदरमुकाम धुञ्चेमा नेपाल रेडक्रस सोसाइटीले जेनेरेटर पुर्‍याएपछि स्थानीयवासीले ठूलो राहत महसुस गरेका छन्।

Advertisement

​भदौ १० गतेको बाढीले विद्युत् आपूर्ति पूर्ण रूपमा ठप्प पारेपछि धुञ्चेका बाढीपीडित, स्थानीयवासी तथा तीर्थालुहरू विगत पाँच दिनदेखि आफ्ना आफन्त र बाहिरी संसारसँगको सम्पर्कबाट टाढा हुन बाध्य थिए।

Advertisement

​विद्युत् सेवा अवरुद्ध भएपछि नेपाल रेडक्रस सोसाइटी रसुवा शाखा र तिलगङ्गा आँखा केन्द्रको संयुक्त पहलमा धुञ्चेमा जेनेरेटर ल्याइएको हो। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को सहयोगमा जेनेरेटर सञ्चालनमा ल्याइएसँगै त्यहाँ निःशुल्क मोबाइल चार्ज गर्ने व्यवस्था मिलाइएको छ।

​रेडक्रसका अनुसार अहिले एकैपटक एक सयभन्दा बढी मानिसहरूले जेनेरेटरमार्फत आफ्नो मोबाइल फोन चार्ज गरिरहेका छन्।

​फोनमा चार्ज भएपछि टाढा रहेका परिवार तथा आफन्तलाई ‘म सुरक्षित छु’ भन्ने खबर पठाउन पाएको स्थानीयवासीहरू बताउँछन्। सम्पर्क पुनः स्थापित भएपछि एक बाढीप्रभावितले भने, “फोन कलले हाम्रो टुटेको आशालाई जोडेको छ र चिन्ताले भरिएको मनलाई सान्त्वना दिएको छ।”

​बाढीका कारण बिग्रेको विद्युत् संरचना मर्मत गरी सेवा पुनः सञ्चालन गर्न प्राविधिक टोली खटिरहेको र चाँडै बत्ती बाल्ने प्रयास भइरहेको जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article