समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हल्दिवारीबाट एक पक्राऊ 

हल्दिवारी ,झापा । झापाको हल्दिवारी गाउँ पालिका वडा नम्बर २ बाट प्रहरीले बलात्कार आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आज दिउँसो पक्राउ गरेको हो ।

Advertisement

बालिकाले छिमेकी चालक बाटै बलात्कृत भएको बताएपछि परिवारले आज जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले ति पुरुषलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति चालक हुन् ।

Advertisement

प्राप्त सूचना अनुसार बालिकाको पेटमा २८ हप्ताको गर्भ समेत रहेको छ ।

पक्राउ परेका व्यक्तिको बारेमा प्रहरीले भोलि सार्वजनिक गर्न लागेको बताएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article