समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीमा कक्षा ६ मा अध्यनरत बालिकालाई बलात्कार आरोपमा मण्डल पक्राउ

हल्दिवारी ,१० श्रावण । झापाको हल्दिवारी गाउँ पालिका वडा नम्बर २ बाट प्रहरीले बलात्कार आरोपमा एक व्यक्ति लाई पक्राउ गरेको छ ।

Advertisement

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अन्दाजी ३० बर्षिय इन्द्र मण्डललाई सोमबार पक्राउ गरेको थियो ।

Advertisement

वैदेशिक रोजगारबाट फर्केर स्थानीय चिया पत्ती आफ्नै बोलेरो पिकअपबाट बोक्ने काम शुरु गरेका मण्डलले पारीवारीक फाइदा उठाउदै बालिकाको घरमै पटक पटक बलात्कार गरेको बालिकाले बताएकि छ्न । बलात्कार आरोपित मण्डल र बालिकाको घर जोडिएको छ।

बालिकाका अनुसार बलात्कार गरेको बताए मार्ने धम्की दिएकोले आफुले कसैलाई नबताएको उनले भनेकि छ्न ।

स्थानीय एक विद्यालयमा कक्षा ६ मा अध्यनरत बालिका १२ बर्ष ९ महिना पुगेको परीवारजनले बताएका छ्न । २ दिन अगाडि बालिकाले पेट दुखेको बताएपछि उनलाई अस्पताल लगिएको र भिडियो एक्सरे रिपोर्ट अनुसार उनको पेटमा २८ हप्ताको गर्भ रहेको पाइएको हो।

हिजो सोमबार बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएका थिए पछि आरोपित मण्डललाई उनले काम गरीरहेको ठाउँ बाट नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेको प्रहरीले बताएको छ ।

आज मंगलबार जिल्ला प्रहरी कार्यालयको टोलिले स्थलगत सर्जिविन गरी फर्किएको छ भने आरोपित मण्डललाई आजै अदालत लगीने समेत प्रहरीले जानकारी दिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article