समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

स्रोत नखुलेको साढे पाँच लाख नगदसहित अनुप पक्राउ

हल्दिबारी, ११ साउन । वीरगन्ज महानगरपालिका–१६ रजयन्ती चोकबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–७ रामटोल बस्ने ३५ वर्षीय अनुप अग्रवाल रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्र २–०३–१०३ प ५१२० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक अग्रवाललाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)