हल्दिबारी, ११ श्रावण । हल्दिबारी उद्योग बाणिज्य संघले रेडक्रसको आर्थिक हिनामिना भएको मा दोषीलाई कार्वाहीको माग गर्दै विज्ञप्ती जारी गरेको छ । संघले भनेको छ दोषीलाई कार्वाही गर्ने विषयमा स्थानिय सरकार, जिल्ला प्रसासन कार्यालय, प्रहरी र रेडक्रसलाई सधै सहयोग रहने जनाएको छ । आर्थिक हिनामिना सार्वजनिक भएको २ महिना बितिसक्दा पनि आरोपी पक्राउ नपर्नु दुःखदायी भएको बताएको छ । विज्ञप्तीमा भनिएको छ
हल्दिबारी गाउँपालिका अवस्थीत नेपाल रेडक्रस सोसाईटी जलथल उपशाको आर्थिक अनियमितता प्रति संघको ध्यान आकर्षण भएको छ । रेडक्रस जस्तो सामाजिक संस्थाको १२ लाख रुपयाँ आर्थिक हिनामिनि हुनु ज्यादै निन्दनिय रहेको संघको ठहर छ । संस्थाको आर्थिक हिनामिनामा जोडिएका जो कोहिलाई पनि कडा भन्दा कडा कार्वाहीका साथ सम्पुर्ण रकमको सावाँ, ब्याज सहित असुल उपर गरि हदै सम्मको कार्वाहीको माग गर्दछौं । आर्थिक हिनामिनामा जुडिएका भनिएका ब्यक्ति हालसम्म पनि पक्राउ नपर्नु दुःखको कुरा हो । हल्दिबारी उद्योग बाणिज्य संघ स्थानिय सरकार, जिल्ला प्रसासन, प्रहरी तथा रेडक्रसलाई आर्थिक हिनामिनका दोषीलाई तुरुन्त पक्राउ गरी कार्वाही अगाडी बढाउन जोडदार माग गर्दछ । संघ दोषीलाई कार्वाही गर्ने कुरामा जुनस ुकै सहयोग गर्न पनि तयार रहेको सम्पुर्ण हल्दिबारी बासी आमा, बुवा, दाजुभाईहरुमा अवगत गराउदछौं ।
