हल्दिवारी, १७ साउन। हल्दिवारी ५ का अन्दाजी ८३ बर्षिय चन्दमान राईको खेतको आलिबाट लडेर मृत्यु भएको छ । हल्दिवारी गाउँ पालिकाको कार्यालय देखि २ सय मिटर दक्षिण धानखेत मित्र राईलाई स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खवर गरेका हुन



स्थानीय मंगल बारे बजार बाट घर फर्कने क्रममा धान खेतको आलिबाट पानीमा लडेका राईको घटना स्थल मै मृत्यु भएको स्थानीयले बताएको छ ।
मृतक राईको शवलाई आवश्यक प्रक्रिया पुरा गरी जिल्ला प्रहरी कार्यालय झापाको टोलिले पोस मार्टमको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।
