समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

टुकोनले बनायो युवा दस्ता

हल्दिबारी, २१ श्रावण । श्रमिकहरुको संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले काठमाडौंमा युवा दस्ता बनाएको छ । राजधानीमा शनिबार एक कार्यक्रमको आयोजना गरि महासंघले टुकोन युथ काउन्सील (टीवाइसी) काठमाडौं जिल्ला कार्य समिति गठन गरेको हो ।
प्रदिप राना मगरको अध्यक्षतामा गठित सो समितिको उपाध्यक्षमा कुमार तामाङ, सचिबमा धनराम थापा, कोषाध्यक्षमा दिल कुमार तामाङ रहनुभएको छ । यसैगरी सदस्यहरुमा सुनवीर तामाङ, दिपक सुवेदी, मनोज श्रेष्ठ, प्रविण राना, विकास गुरुङ, राजिव तिवारी, रमेश भुजेल, शेष दिल साह, हर्कमान लिम्बु, लक्ष्मण गुरुङ तथा विकास गुरुङ रहनुभएको छ ।
टुकोन युथ काउन्सील काठमाडौं जिल्ला कार्य समिति गठनको लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका उपाध्यक्ष जयकुमार खड्काले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै श्रमिकहरुको हकहित स्थापनाको लागि टुकोनले गर्ने हरेक आन्दोलनमा राप्रपा नेपालको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मन्तव्यकै क्रममा राप्रपा नेपालका सहायक महामन्त्री एवं ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मत जंग भण्डारीले टीवाइसी स्थापनाको उदेश्यमाथि प्रकाश पार्दै श्रमिकको हक अधिकार सुनिश्चित गर्ने आन्दोलनमा नवगठित टुकोन युथ काउन्सील काठमाडौंले अग्रणी भूमिका निर्वाह गर्ने आशा र विश्वास व्यक्त गर्नुभएको थियो । श्रमिकहरुको आन्दोलनलाई निर्णायक मोडमा पु¥याउने उदेश्यका साथ टुकोनले चाँडै नै राष्ट्रव्यापी श्रमिक सम्मेलन आयोजना गर्न लागेको जानकारी दिदैं अध्यक्ष भण्डारीले आम श्रमिकहरुको आवाज वुलन्द पार्न टुकोन सदैव प्रतिवद्ध रहेको बताउनुभयो ।
सम्बोधनकै क्रममा राप्रपा नेपालका सहायक महामन्त्री डम्वर सिवाकोटीले नवगठित समितिलाई बधाई दिनुहुँदै टुकोन युथ काउन्सील काठमाडौं जिल्ला समिति गठनले राप्रपा नेपालको संगठन विस्तारमा समेत ठूलो सहयोग पुग्ने विचार व्यक्त गर्दै निर्वाचन घोषणा भैसकेको वर्तमान अवस्थामा पार्टीका हरेक निकायहरु संगठन विस्तारको लागि अझ सक्रिय हुनुपर्ने औंल्याउनुभयो । टुकोन युथ काउन्सीलका केन्द्रीय अध्यक्ष अर्जुन आचार्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा टुकोनका केन्द्रीय सदस्य रञ्जन राना, दावा शेर्पालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा युवा श्रमिकहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article