समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

धादिङका बाढी प्रभावित क्षेत्रमा नेपाल रेडक्रसको टोली, एकद्वार प्रणालीमार्फत गैरखाद्य सामग्री वितरण

धादिङ । बाढी र पहिरोका कारण प्रभावित धादिङका विभिन्न स्थानीय तहमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय प्रतिकार्य टोलीले स्थलगत अनुगमन तथा राहत वितरण सुरु गरेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका सदस्य मोहम्मद आयतुल्ला रहमानसहितको टोलीले भदौ १३ देखि १५ गतेसम्म प्रभावित क्षेत्रमा पुगेर प्रतिकार्य तथा राहत व्यवस्थापनको काम गरेको हो ।

Advertisement

​टोलीले जिल्लाका गल्छी, गजुरी, सिद्धलेक र बेनीघाट रोराङ गाउँपालिका पुगेर बाढी प्रभावित परिवार, स्थानीय समुदाय र जनप्रतिनिधिसँग भेटघाट तथा छलफल गरेको थियो । सो क्रममा प्रभावित क्षेत्रको प्रारम्भिक द्रुत लेखाजोखा (इआरए) का लागि आवश्यक तथ्याङ्क सङ्कलनमा समेत टोलीले सहजीकरण गरेको रेडक्रसले जनाएको छ । विपद्को यस कठिन समयमा रेडक्रसका स्थानीय स्वयंसेवकहरू निरन्तर मानवीय सेवामा खटिरहेका छन् ।

Advertisement

​सरकारी एकद्वार प्रणालीको नीतिलाई पालना गर्दै टोलीले गल्छी गाउँपालिकाका ४५ बाढी प्रभावित परिवारलाई अत्यावश्यक गैरखाद्य सामग्री हस्तान्तरण गरेको छ । जसमा २५ सेट प्रारम्भिक गैरखाद्य राहत सामग्री र घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि थप ७५ सेट गैरखाद्य सामग्री समावेश छन् ।

​बाढी प्रभावित परिवार, स्थानीय तह, सरोकारवाला निकाय र स्वयंसेवकहरूसँगको निरन्तर समन्वयमा प्रभावितहरूको वास्तविक आवश्यकता पहिचान गरी समयमै मानवीय सहायता पुर्‍याउने प्रयास जारी राखिएको रेडक्रसले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article