हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ हप्ता अगाडि

नुवाकोटको एउटै घरमा २४ शव भेटियो, पोस्टमार्टमका लागि काठमाडौँ ल्याइयो

काठमाडौ , १६ भदौ। भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० स्थित एउटा घरबाट २४ जनाको शव फेला परेको छ। बेत्रावती क्षेत्रमा रहेको उक्त घरमा सुरक्षाकर्मीले खोजतलास गर्ने क्रममा ती शवहरू उत्खनन गरी निकालिएको हो।

Advertisement

​नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार फेला परेका शवहरूमा १३ महिला, ११ पुरुष र एक बालक रहेका छन्।

Advertisement

​उद्धार टोलीले शवहरू निकाले पनि हालसम्म कसैको पनि पहिचान खुल्न सकेको छैन। मृतकहरूको पहिचान तथा पोस्टमार्टमका लागि सबै शवलाई काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

​बाढीका कारण सो क्षेत्रमा ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ भने सुरक्षा निकायले उद्धार तथा खोजतलासकार्यलाई निरन्तरता दिएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)