रसुवा बाढीबाट प्रभावित नुवाकोटको वस्तुस्थिति बुझ्न रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का नेपाल प्रमुख डेभिड फिसरले प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ।

अवलोकनका क्रममा उहाँले नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरूले गरिरहेका खोज तथा उद्धार, प्राथमिक उपचार, राहत वितरण, अस्थायी आवास, खाना व्यवस्थापन र शव व्यवस्थापनजस्ता मानवीय कार्यको जानकारी लिनुभएको थियो।


फिसरले जिल्ला विपद् व्यवस्थापन समिति तथा अन्य सरोकारवाला निकायसँग भेट गरी बाढीपछिको अवस्था, तत्कालीन आवश्यकता र दीर्घकालीन सहयोगबारे छलफल गर्नुभएको थियो।
प्रभावित समुदायलाई सहयोग पुर्याउन आइएफआरसीले विश्वव्यापी सहयोगको अपिल गरिसकेको जानकारी दिँदै उहाँले कठिन परिस्थितिमा निरन्तर खटिएका रेडक्रस स्वयंसेवकहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो।
