समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जलथल रेडक्रस जस्तो संस्थामा राजनैतिक पार्टी हावी दुर्भाग्यपूर्ण : सभापति ढकाल 

हल्दिवारी , २८ साउन । नेपाल रेडक्रस सोसाइटी उपशाखा जलथल ,झापाको १२ औं साधारणसभामालाई सम्बोधन गर्नुहुदै  प्रमुख आतिथि झापा रेडक्रस सभापति लोकराज ढकालले  सामाजिक संस्थामा राजनैतिक पार्टीहरुको हावी हुनु दुर्भाग्यपूर्ण  भएको बताउनु भएको छ।
जलथल रेडक्रसमा पार्टीले उम्मेद्बार चयन गरी कार्यसमिति निर्वाचन गराएको हविगत आज देखिएको भन्दै प्रमुख अतिथि ढकालले  राजनीति बाट रेडक्रस लाई टाढा राखेर अगाडि बडन समेत  निर्देशन गर्नु भएको छ ।
उपशाखाका पुर्व सभापति बिस्णु प्रसाद उप्रेतीले संस्थाको १२ लाख ३ हजार ६ सय २९ रुपैयाँ हिनामिना गरी फरार रहेकोमा  भागेर समस्या समाधान नहुने भन्दै तत्काल संस्थामा उपस्थित भएर रकम जम्मा गर्न समेत पुर्व अध्यक्षलाई सार्वजनिक अपिल समेत गर्नु भएको छ ।
प्रहरीले खोजी कार्य तदारुकता साथ गरेको बताउदै केहि समय भित्र पक्राउ पर्ने समेत सभामा उपस्थित सभासदहरुलाई जानकारी गराउनु भएको थियोे ।
तत्काल उनको  सम्पत्ति रोक्का गर्ने तर्फ समेत सभाबाट पारीत गरी कार्वाही अगाडि बडाउन समेत प्रमुख अतिथि ढकालले आफ्नो मन्तव्य को क्रममा बताउनु भएको थियोे
 ।
१२ औं साधारणसभा लाई हल्दिवारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली , रेडक्रस हल्दिवारी सभापति कर्णाखर प्रसाईं ,रेडक्रस पुर्व सभापति रामचन्द्र उप्रेती ,  नेपाल काङ्ग्रेस हल्दिवारी सभापति,  गङ्गा प्रसाद प्रसाईं , एमाले गाउँ कमिटी उपाध्यक्ष महेशलाल मेचे , राप्रपा गाउँ समिति अध्यक्ष एकराज रानामगर ,  महेन्द्र मावि प्रअ चक्रबहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
१२ औं वार्षिक साधारणसभामा सचिवको प्रतिबेदन संस्थाका सचीव  खिबराज भट्टराईले र कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष सुरेन्द्र बारकोटीले प्रस्तुत गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाको उपसभापति तुलसा आचार्यले गर्नु भएको थियोे ।
जलथल उपशाखा सभापति रेम खरेलको सभापतित्वमा भएको साधारणसभाको सहजीकरण संस्थाका सचीव खिवराज भट्टराईले गर्नु भएको थियोे ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)