समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

इजरायलले थप १ हजार नेपाली कामदार कृषि कामका लागि लैजाने

हल्दिबारी, ३० श्रावण । इजरायलले थप १ हजार नेपाली कामदार लैजाने भएको छ । इजरायलका राजदूत खनान गोदेर र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरबिच भएको भेटमा १ हजार नेपाली कामदार कृषि कामका लागि लैजाने विषयमा करा भएको हो ।

Advertisement

Advertisement

मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिएका छन् । मन्त्री कुँवरले भेटमा इजरायल सरकारले नेपालका कृषि, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरेका थिए ।

यसअघि सहायक कामदारका लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनोट भएर इजरायल जाने तयारीमा रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article