हल्दिबारी, ३१ श्रावण । बञ्चरेडाँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ । काठमाडौंबाट फोहोर बोकेर गएको गाडी अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि अश्रुग्याँस हानेको हो ।
फोहोर लिएर गएका गाडीलाई स्थानियले गुलेली हान्नुका साथै स्थानीय बासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले बताए ।
प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेपछि केहि अगाडी बढेता पनि डाँडामा रहेका स्थानीय बासिन्दाले ढुंगा र गुलेली हानेपछि झडपको स्थिती सृजना भएको बताइएको छ । मैनालीले फोहोर फाल्न प्रहरीले आवश्यक बल प्रयोग गर्न सक्ने बताए ।
