समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रेम उता घरजम यता कुरै हुन्न – विश्वप्रकाश शर्मा

हल्दिबारी, १ भाद्र।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा आफू झापाबाटै उमेदवार बन्ने बताएका छन् । बुधबार बिहान ट्विट गर्दै उनले काठमाडौंबाट–५ बाट चुनाव नलड्ने घोषणा गरेका हुन् ।

“फेरि प्रस्ट्याउँ– वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो ।काठमाडौं ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर, उमेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उमेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न,” उनले ट्विटमा भनेका छन् ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)