समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बिरिङमा कुन अस्पतालले फाल्यो सिरिन्चसहितको फोहोरका पोका ?

हल्दिबारी, ६ भाद्र । झापाको विरिङ खोलामा जथाभावी फोहोर फालेको भेटिएको छ । फोहोर कसले फालेको हो भन्ने बारे खुलेको छैन । तर, अस्पतालबाट उत्पादित फोहोरहरु फेला परेको स्थानीयले जानकारी दिएका छन् ।

Advertisement

विरिङ खोला अहिले फोहोर हालिएको कालो प्याष्टिकका झोलाले भरिएको छ । स्थानीय युवा अभय राजवंशीले फोहोर फालेको भिडियो नै सार्वजनिक गरेका छन् । उनले देखाएको भिडियोमा मनमोहन अस्पताल बिर्तामोडको पुर्जा समेत फेला परेको छ । फोहोरका पोकामा सिरिन्चदेखि सबै प्रकारका अस्पतालजन्य फोहोर भेटिएको छ ।

Advertisement

लक्ष्मीपुर देखि दक्षिण पश्चिममा फोहोरका पोका भेटिएका हुन् । उनले फोहोरका कारण सो क्षेत्र हिडडुलमा समस्या हुने बताएका छन् । खोलामा वारीपारी गर्ने देखि माझीहरु समेत प्रभावित भएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article