समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीका कर्मचारी कालोपट्टी बाधेर काममा

हल्दिवारी, ७ भदौ । हल्दिवारी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले पनि संयुक्त ट्रेड युनियन संचालनको अपिल गर्दै आन्दोलन शुरु गरेका छ्न ।
यही भदौ ६ गतेदेखि १७ गतेसम्म संचालन हुने आन्दोलनलाई नेपाल निजामती कर्मचारी संगठन , नेपाल निजामती कर्मचारी युनियन , नेपाल कर्मचारी संगठन निजामती ,एकीकृत सरकारी कर्मचारी संगठन ,नेपाल , नेपाल मधेसी निजामती कर्मचारी मञ्चको सयुक्त आह्वानमा शुरु भएको हेमराज वनले बताए ।
उनका अनुसार केन्द्रिय निर्णय अनुसार हल्दिवारी गाउँपालिका भित्र रहेका सबै वडा तथा पालिकाका कर्मचारीहरुले हालमा कालोपट्टी बाधेर काम गर्दै आन्दोलनमा एकबद्द्ता जाहेर गरेका छ्न ।
आफ्ना ११ बुदे मागसहित आन्दोलनमा उत्रिएका कर्मचारीले सेवाग्राहीको कामलाई असर नगरी आन्दोलन गर्ने समेत वनले बताएका छ्न ।
यस प्रकार रहेको छ : संयुक्त ट्रेड युनानी संचालनको अपील ( पुरा विवरण सहित )
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article