समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापाका एक युवाका कारण विश्वप्रकाशलाई हैरानी, फेसबुकमै लेखे…

हल्दिबारी, भाद्र ७ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको सिनियर नेताको अपमान हुने गरी भइरहेको प्रवृत्तिप्रति आपत्ति जनाउनुभएको छ ।

Advertisement

नाम उल्लेख नगरी झापाका एक युवकले अग्रज नेताबारे अप्रीतिकर ढंगबाट टिप्पणी भइरहेको भन्दै उहाँले आफ्नै पक्षधरता भएपनि आफूले सकारात्मक रुपमा लिन नसक्ने बताउनुभएको छ ।

Advertisement

अग्रज नेताबारे होच्याउने गरी भइरहेको गतिविधिलाई आफूले बारम्बार विनम्र ढंगले सम्झाउँदा र चेतावनी दिँदा पनि रुपान्तरण नभएपछि यसबारे सामाजिक सञ्जालमा पोष्ट गर्न बाध्य भएको महामन्त्री शर्माको भनाइ छ ।

यसबारे शर्माले फेसबुकमा लेखेका छन् : 

विश्वप्रकाश शर्मा ( या अन्य कोही नेतृत्व )को समर्थन या सार्वजनिक प्रशंसा गर्ने तर पार्टीकै ( या अन्य पार्टीकै पनि ) कोही अग्रज (या कसैलाई पनि ) होच्याउने गरी टिप्पणी गर्ने प्रवृत्ति सुसंस्कृत चरित्र होइन ।

झापाका एक पढेलेखेका युवा (नाम उल्लेख नगरौं, जिल्लाका साथीहरूले बुझिहाल्नु हुन्छ) ले पार्टीका केही अग्रजका बारे बेलाबेला अप्रीतिकर ढंगको टिप्पणी गर्ने तर विश्वप्रकाशको पक्षधरता प्रकट गर्ने, विषयलाई मैले सकारात्मक रूपमा ग्रहण गर्न सकेको छैन । त्यस्तो प्रवृत्ति नराख्न बारम्बार विनम्र ढंगले सम्झाउँदा र चेतावनी दिँदापनि रुपान्तरण नभएको स्थिति दृष्टिगत गरेर यो पोस्ट गर्न बाध्य भएको छु ।

कसैले मेरो आलोचना गर्न चाहँदा संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताका कारण म त्यसलाई स्वागत गर्दछु । तर, मेरो निकट रहेको कसैले पनि अरु कसैलाई स्वस्थ आलोचनाभन्दा पर नकारात्मक टिप्पणी गर्दा म त्यसलाई ठाडै अस्वीकार गर्दछु । यो आचारसंहितामा म दृढ छु, यो अनुशासन पालना नगर्ने व्यक्तिलाई निकटताबाट बिदाइ गर्नु मेरो नियमित दायित्व हुन्छ ।

(ती युवा गतवर्षको मंसिर यता कुनै निकट जिम्मेवारीमा नरहेको समेत प्रस्ट्याउँदछु )

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article