वर्तमान अवस्थामा हेर्ने हो भने हल्दिबारी गाउपालिका भित्र बालबालिकाको समस्याहरु चरै तिर देखिदै आइरहेको छ । विगतका केहि बर्ष देखि स्थानीय तहलाई बालबालिकाहरुले आफुहरु संस्थागत हुन माग गर्दा पनि स्थानीय तहले बालबालिकाको माग पुरा गर्न सकिरहेको छैन ।
बालबालिका सम्बन्धिअन्तरास्ट्रिय महासन्धि,१९८९ ले बालबालिकासंग प्रत्यक्ष सम्बन्ध रहेको र उनिहरुलाई असर गर्ने कुनै पनि प्रकारको निर्णय प्रक्रियामा बालबालिकाहरुले सहभागी हुन पाउने अधिकार प्रदान गरेको छ । नेपालले सन १९९० मा यस महासन्धिलाई अनुमोदन गरिसकेको हुदा बालबालिकालाई यस्ता अवसर प्रदान गर्नु राज्यको जिम्मेवार भै सकेको छ ।
तिन दशक देखि राज्यका धेरै स्थानीय तहहरु बाल मैत्री अभियानमा जुटिरहदा खेरि हल्दिबारी गाउपालिका किन जुट्न सकेन । आफ्नै छिमेकी नगरपालिका बाल मैत्री नगरपालिला बाल मैत्री घोषण हुदा पनि बाल मैत्री अभियान संचालन गर्न किन चेत खुलेन ?
आज हल्दिबारी गाउपालिकाका बालबालिकाहरु एउटा प्रश्न सोध्ने आवशर नि पाइरहेका छैनन । हल्दिबारी गाउपालिकालाई निर्माण मैत्री, भैतिक मैत्री हैन आज बाल मैत्रीको आवश्यक छ ।
बालबालिकाका प्रश्न आज किन अनुत्तरित छ्न ? यस गाउपालिकामा जन्म लिएका र भावि दिनहरुमा जन्म लिने सम्पुर्ण बालबालिकाको अधिकारहरुको लागि हामि बचनबदध हुनै पर्छ । जब स्थानीय सरकारले बाल अधिकार सम्बन्धि सम्पुर्ण कर्तव्यको पालना गर्छ र प्रत्येक बालबालिकाले ति अधिकारहरु दावि गर्न सक्द्छ तब मात्र बाल अधिकार पुर्ण रुपमा सुनिश्चित हुनेछ्न ।
बालबालिका भोलिका कर्ण्धार हुन तर यो कुरा नबिर्सै कि बालबालिका आजका हकदार पनि हुन ।
:- बालबालिका आफै बाल मैत्री अभियानमा जुटिरहदा खेरि पनि गाउपालिकाले चासो न दिनु भनेको हल्दिबारी गाउपालिकाको बालबालिकाको लागि सानो कुरा हैन । होला बालबालिकाको यो अभियान सानो छ तर यो सानो अभियानले धेरै बालबालिकाको भविष्य उज्वल बनाउने छ । (अनुप सासंखर)

















