समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रेमिका कञ्चन निरौलासँग आज विवाह बन्धनमा बाधिदै गोलकिपर किरण

हल्दिबारी, १५ भाद्र । प्रेमिका कञ्चन निरौलासँग नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार लिम्बुले विवाह गर्ने भएका छन् । उनीहरूले आज काठमाडौंमा विवाह गर्न लागेका हुन् । सोमबार मेहेन्दी कार्यक्रम गरेका उनीहरुले आज बिहे गर्न लागेका हुन् ।

माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई अविस्मरणीय बनाउने क्रममा लिगकै सर्वोत्कृष्ट गोलिकपर घोषित भए लगत्तै कञ्चनलाई विवाह प्रस्ताव राखेका उनले फी उचालेर खुसी मनाइरहँदा आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगेका थिए। त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चनलाई सबै सहकर्मीका अघि औंठी लगाइदिएर विवाह प्रस्ताव राखेका थिए।

जुन दृष्य भाइरल बनेका थिए । कञ्चन पेशाले एयरहोस्टेस हुन्। यो जोडी लामो समय देखी प्रेममा रहेको थियो ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article