हल्दिबारी, १५ भदौ । जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त भएका छन् । बिहीबार बसेको न्यायपरिषदको बैठकले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

जिल्ला अदालत बाँकेमा न्यायाधीश रहँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको उजुरी अधिकारीमाथि परेपछि न्याय परिषदले उनलाई सर्वोच्च अदालतमा झिकाएको थियो ।

बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उनीमाथि ‘यान्त्रिक रुपमा पक्राउ अनुमती दिएको’ आधिकारीमाथि आरोप लागेको छ । साथै उनको खातामा अवैध ८ लाख रुपैयाँ भेटिएको थियो । अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको अाराेप लागेको थियो ।