समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

व्यवस्थित बन्दै बिर्तामोडका फुटपात व्यवसायी

हल्दिबारी, १५ भदौ । बिर्तामोड नगरपालिका विभिन्न क्षेत्रमा रहेका फुटपाथ व्यवसायीहरुले आफ्नो व्यवसायलाई व्यवस्थापन गर्न सुरु गरेका छन् ।

Advertisement

केही व्यवसायीहरुले बिर्तामोडको भद्रपुर रोडसहित अन्य रोडहरुमा फुटपाथ व्यवसाय सञ्चालन गरिरहेका थिए । तिनै व्यापारीले भद्रपुर रोडमा जग्गा भाडामा लिई व्यवसायलाई व्यवस्थित गर्न थालेका छन् ।

Advertisement

आजैदेखि भद्रपुर रोडस्थित बैंक अफ काठमाडौंको उत्तर भागमा रहेको खाली जग्गामा उनीहरुले आफ्नो व्यवसाय सुरु गरेका हुन् ।

सडकको आसपासमा व्यापार गर्दै आएका उनीहरु टिनको छानासहितको स्टल बनाएर बसेका छन् । १६ जना व्यवसायीले आफ्नो व्यापार सुरु गरिसकेको जानकारी दिएका छन् । सो स्टलमा १० वटा फलफूल, एउटा होटल र कपडा पसलहरु आइसकेका छन्, थप केही पसलहरु पनि क्रमशः आउने त्यहाँका व्यापारीले जानकारी दिए ।

नगरपालिकाले साउन २२ गते सूचना जारी गरेर ७ दिनभित्र फुटपाथ व्यवसाय हटाउन अपील गरेपछि व्यवसायीहरुले आफ्नो व्यवसायलाई व्यवस्थित गर्न सुरु गरेका हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article