समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

निलम्बित प्रधानन्यायाधीश जबराले खण्डनभन्दा बढी किन गरे प्रतिप्रश्न ?

हल्दिबारी, १६ भदाै । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेका आरोपको प्रतिवाद गर्दै प्रस्तावकदेखि सहकर्मीसम्मलाई चौतर्फी प्रतिप्रश्न गरेका छन् । महाभियोग सिफारिस समितिमा बयानका लागि उपस्थित हुनुभएका जबराले महाभियोग राजनीतिक उद्देश्य पूर्तिका लागि मात्र भएको जिकिर गरे ।

Advertisement

आफूमाथि लागेका आरोपभन्दा बढी आफूमाथि प्रश्न गर्नेलाई उनले प्रतिप्रश्न गरे। महाभियोगको प्रक्रियाबारे संसद्ले नै संविधान र नियमावली मिचेको भन्दै प्रस्तावको औचित्य नभएको उनले जिकिर गरे । निष्क्रिय भइसकेको प्रस्तावमा पनि नागरिकको हैसियतमा जवाफ दिन आफू समितिसमक्ष उपस्थित भएको जबराको तर्क थियो। जबराको बयान बिहीबार पनि जारी रहनेछ।

Advertisement

बयानका क्रममा आरोपबारे जवाफ दिँदै उनले सहकर्मी न्यायाधीश, पूर्वन्यायाधीश, बार एसोसिएसन, राजनीतिक दलका नेता, मिडिया सबैलाई प्रतिप्रश्न गरे । उनले महाभियोग सिफारिस समिति तथा प्रस्ताव समयमा अघि नबढाएकोमा प्रतिनिधि सभालाई पनि प्रश्न गरे । आफू प्रश्नबाट बाहिर नरहेको तर्क गर्दै जबराले आफूलाई आरोप लगाउने व्यक्ति र संस्थालाई समेत जवाफ दिए।

समिति सदस्य रेखा शर्माले जवाफका क्रममा जबराले सबैप्रति प्रतिप्रश्न गरेको बताइन्। शर्माले भनिन्, “जबराले राजनीतिक दल, बार, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, न्यायाधीश, मिडिया सबैप्रति प्रश्न गर्नुभएको छ। अभियोगबारे न्यायाधीशलाई पनि बोलाएर सोध्नुस् भन्नुभएको छ। जानकारी दिने क्रम निरन्तर रहनेछ।” गोरखापत्र दैनिकमा खबर छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article