समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

गठबन्धनले राणाको बयान रोक्न सक्छन् : अध्यक्ष ओली

हल्दिबारी, १६ भदौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान महाअभियोग सिफारिस समितिमै रोक्न सक्ने आशंका गरेका छन् ।

Advertisement

निर्वाचन क्षेत्र तथा गृहजिल्लाका विभिन्न कार्यक्रममा भाग लिन बिहीबार झापा पुगेका अध्यक्ष ओलीले चन्द्रगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गठबन्धनले राणाको वयान रोक्न सक्ने बताए ।

Advertisement

राणाले महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदिएबापत लेनदेन भएको र न्यायाधीशहरू बिकेको पोल खोल्न थालेपछि वयान रोक्ने षड्यन्त्र भइरहेको ओलीको आरोप छ । ओलीले भने, ‘गठबन्धनले बयान रोक्न सक्छ, कहिले रोक्छ टुंगो छैन । उनीहरूको पोल खुल्ने भएपछि त्यसो गर्न सक्छन् ।’

राणाले परमादेशबाट ओलीलाई सत्ताच्युत गर्दा न्यायाधीशहरूलाई गठबन्धनका नेताहरूले आश्वासन दिएको खुलासा गरेका थिए । राणाको बयान बिहीबार रोकिएको छ । आइतबार पुनः बयानका लागि बोलाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article