समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कर्तब्य ज्यान मुद्धाको फरार प्रतिबादी पक्राउ : जिप्रका

हल्दिवारी , भदौ १६। झापामा कर्तब्य ज्यान मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा शिवसताक्षी न.पा.वडा नं.८ का ३७ बर्षिय दिप्सन लावती रहेका छन् ।

Advertisement

उनलाई झापा जिल्ला अदालतको मिति २०६३ असोज ३ गतेको फैसला पुनरावेदन परी तत्कालीन पुनरावेदन अदालतबाट मिति २०६५ बैशाख १७ गते जन्मकैद हुने गरी फैसला भएको थियो । सो फैसला उपरसमेत पुनरावेदन परी सर्बोच्च अदालतबाट मिति २०६५ फागुन २३ गते पुनरावेदन अदालतबाट भएको फैसला सदर भई जन्मकैद ठहर भएको थियो ।

कर्तब्य ज्यान मुद्धामा फरार रहेका लावतीलाई प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो । अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article