हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीमा रेडक्रसको एक दिवसीय अभिमुखिकरण तालिम सम्पन्न

हल्दिवारी, १९ भदौ । नेपाल रेडक्रस सोसाइटीको ६० औं स्थापना दिवसको उपलक्ष्यमा युवा तथा जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरुको लागि एक दिवसीय अभिमुखिकरण तालीम हल्दिवारीमा सम्पन्न भएको छ ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दिवारीको आयोजनामा भएको उक्त तालिम हल्दिवारी २ का वडा अध्यक्ष सुकलाल राजवंशीले उद्घाटन गर्नु भएको थियो ।

Advertisement

कार्यक्रमलाई प्रमुख अतिथि राजवंशी ,उपशाखा सभापति कर्णखर प्रसाईले शुभकामना दिनु भएको थियो ।

तालिममा हल्दिवारी मावि , क्यानरी एकडमि , सिंमा अङ्ग्रेजी स्कुल र सरस्वती आधारभूत विद्यालयका ४० भन्दा बढी जुनियर विद्यार्थी शिक्षक नायकको सहभागिता रहेको थियोे ।

सहभागी विद्यार्थी भाई बैनिहरुलाई रेडक्रस जिल्ला शाखाका प्रोग्राम अफिसर प्रकाश कार्कीले रेडक्रसको बारेमा अभिमुखिकरण तालिम दिनु भएको थियो ।

कार्यक्रममा उपशाखा उपाध्यक्ष लक्ष्मी खनालले स्वागत गर्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण सचिव हरीकृस्ण अधिकारीले गर्नु भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)