समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

संविधानसभा सदस्य सिंह राप्रपा नेपालमा प्रबेश

हल्दिबारी, २० भदाै । संविधानसभाका सदस्य बाँके निवासी गिता सिंह राप्रपा नेपालमा प्रबेश गरेकी छिन् । राप्रपा नेपालले लिएको लोकतान्त्रिक हिन्दुराष्ट्रको एजेन्डाले आफुलाई आकर्षण गरेको उनको भनाई छ । हिन्दुत्व, सुशासन र समृद्धि नै नेपालको अबको मुख्य मुद्दा हुने उनले बताइन् । यसै गरि राप्रपाका पुर्ब केन्द्रिय सदस्य राजु थापालाई पार्टी अध्यक्ष कमल थापाले आजै प्रवेश गराएका छन् , साथै नुवाकोटकै जनजाती नेता कृष्ण बहादुर घले “सुरज” पनि राप्रपा नेपाल प्रवेश गरेका छन् ।

Advertisement

उनिहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले मुलुकमा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको आबश्यकता रहेको चर्चा गर्दै सबैको सहयोगले राप्रपा नेपाललाई एउटा बैकल्पिक शक्ति निर्माण गर्ने महाअभियानमा आफू कृयाशिल भएको बताए । यसै गरि राप्रपा सम्बद्ध नेपाल सनातन धर्म संस्कृति संगठन, १ नं. प्रदेश अध्यक्ष तथा गत स्थानीय निकायकाे निर्वाचनमा उर्लावारी नगर प्रमुख उम्मेदवार विनाेद प्रसाद पाेख्रेल,जिल्ला सदस्य चित्र बहादुर थापा पनि “राज कुमार” पनि आजै राप्रपा नेपालमा प्रवेश गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article